सप्तकोशीमा पानीको बहाव उच्च भएपछि ब्यारेजको ५६ ढोका मध्ये २९ वटा ढोका खोलियो — OSNepal

सप्तकोशीमा पानीको बहाव उच्च भएपछि ब्यारेजको ५६ ढोका मध्ये २९ वटा ढोका खोलियो

LC (KTM) July 20, 2021 0

सुनसरी ५ साउन । सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि ब्यारेजको ५६ ढोका मध्ये २९ वटा ढोका खोलिएको छ ।

पूर्वी पहाडी जिल्लामा लगातार पानी परेका कारण पानीको बहाव बढेर प्रतिसेकेण्ड २ लाख २३ हजार ४ सय १५ क्युसेक पुगेकोले सप्तकोशी ब्यारेजको २९ ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल जनाएका हुन् ।

पानीको बहाव आज मंगलबार दिउँसो ४ बजे पछि उच्च भएको हो । पानीको बहाव उच्च भएपछि स्थानीय प्रशासनले सप्तकोशी आसपासमा बस्ने स्थानियलाई सुरक्षित रहन आग्रह समेत गरेको छ ।

प्रहरीको उद्धार टोली समेत कोशी आसपासमा परिचालन गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर