शिल्पा शेट्टीको पति राजको व्हाट्स एप च्याट बाहिरीयो, मोडललाई पैसा दिएर जबरजस्ती धन्दामा लगाइने गरेको खुलासा — OSNepal

शिल्पा शेट्टीको पति राजको व्हाट्स एप च्याट बाहिरीयो, मोडललाई पैसा दिएर जबरजस्ती धन्दामा लगाइने गरेको खुलासा

LC (KTM) July 20, 2021 0

बलिउडकी महशुर तथा चर्चित अभिनेत्री शिल्पा शेट्टीको पति राज कुन्द्रा बिरुद्ध गतिलो प्रमाण पुलिसले हात पारेको छ । उनले आफु निर्दाेष रहेको बताइरहदा उनी बिरुद्ध भेटिएको यो प्रमाणले हिरासतमा राखेर थप अनुषन्धान गर्न अदालतले समेत आदेश दिईसकेको छ । मुम्बई पुलिस क्राइम ब्रान्चका अनुसार पोर्नाेग्राफिक कन्टेन्ट बनाउने बिषयमा व्हाट्स एपको प्रयोग गर्ने गरेको खुलासा भएको छ ।

राज कुन्द्रा एउटा यस्तो व्हाट्स एप ग्रुपको हिस्सा थिए जहाँ पोर्न फिल्म संग जोडिएको ब्यवसाय माथि चर्चा हुने गरेको खुल्न आएको छ । उक्त व्हाट्स एप ग्रुपको नाम एच एकाउण्ट रहेको छ । जसमा राज कुन्द्रा समेत गरी ५ जना सामेल भएको पुलिसले बताएको छ । यी सबै जना पोर्नोग्राफिक कन्टेन्ट बनाउने ब्यवसायमा सामेल थिए ।

जुन कुरा व्हाट्स एप च्याट मार्फत बाहिर आएको छ । उक्त च्याटमा राज कुन्द्रा यस ब्यवसायको मार्केटिङ, सेल्स तथा मोडलको पेमेन्ट संग जोडिएका बिषयमा कुरा गर्ने गरिएको भेटिएको हो । मुम्बई क्राइम ब्रान्चले सोमबार राती गिरफ्तार गरेको थियो । उनी माथि अश्लिल फिल्म बनाएको आरोप रहेको छ ।

मुम्बई पुलिसका अनुसार राजकुन्द्राका बिरुद्ध आफुहरु संग पर्याप्त सबुत रहेको र गिरफ्तार गरेर सोधपुछ भईरहेको छ । सोमबार राती ९ बजे राजकुन्द्रा सोधपुछका लागि मुम्बईको भायखला स्थित क्राईम ब्रान्च दफ्तर पुगेका थिए । यसपछि सोमबार राती ११ बजे २ घण्टा सोधपुछ पछि राज कुन्द्रालाई क्राईम ब्रान्चका अधिकारीहरुले गिरफ्तार गरेका थिए ।

यो केशमा राज कुन्द्रा पछि रयान जोन नामका एक ब्यक्तिको नवी मुम्बईबाट गिरफ्तार गरीएको छ । मुम्बई पुलिस कमिश्नरले बताए अनुसार क्राईम ब्रान्चले फेब्रअरी २०२१ मा अश्लिल फिल्म बनाउने तथा त्यसलाई अलग अलग ओटीटी प्लाटफर्ममा रिलीज गर्ने बिषयमा केश दर्ता गरेको थियो । यसपछि पुलिसले कैयौ अलग अलग ठाउँमा छापामारेको थियो ।

यस मामलामा राज कुन्द्रा पहिला ४ जना ब्यक्ति समेत गिरफ्तार भएका थिए । तिनै पक्राउ परेकाहरुको बयान र टेक्निकल प्रमाणको आधारमा राज कुन्द्रालाई गिरफ्तार गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर