काठमाडौँ ५ साउन । आफ्नो माग सम्बोधन गर्ने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जान तयार भएको जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले संविधान संशोधन र रेशम चौधरी लगायतका नेता कार्यकर्ताको रिहाइको माग सरकार सामु राखेको छ ।
माग सम्बोधन गर्ने प्रतिबद्धता पछि नेकपाका एमाले केपी शर्मा ओलीको साथ छोडी देउवा नेतृत्वको सरकारलाई समर्थन गरेको ठाकुर पक्षले आफ्नो माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
ठाकुर पक्षले जनाएका अनुसार देउवाले सबै मिलेर काम गरौँ भनेपछि आफुहरुले विश्वासको मत दिएको हो । ठाकुर पक्षको कार्यकारिणीको बैठकले पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यावाद समेत दिएको छ ।
आफ्नो माग पुरा गर्न तथा सबै नेपालीलाई निःशुल्क खोप व्यवस्था गर्न, आर्थिक राहत प्याजेक ल्याउन तथा नेपाल भारत सीमामा सहज आवतजावतको प्रबन्ध मिलाउन देउवा सरकारसँग माग गरेका छन् ।