कांग्रेसको अगामी भदौमा हुने १४ औं महाधिवेशनमा ‘डिजिटल भोटिङ’ — OSNepal

कांग्रेसको अगामी भदौमा हुने १४ औं महाधिवेशनमा ‘डिजिटल भोटिङ’

LC (KTM) July 20, 2021 0

काठमाडौं साउन ५ । नेपाली कांग्रेसले अगामी भदौमा हुने १४ औं महाधिवेशनमा ‘डिजिटल भोटिङ’ गर्ने निणर्य गरेको छ । महाधिवेशनमा भौतिक रुपमा उपस्थित हुने वातावरण नभए ‘डिजिटल भोटिङ’ गर्ने निणर्य गरेको हो । आज एक विज्ञप्ती जारी गर्दै ‘डिजिटल भोटिङ’ को अवधारणालाई अन्तिम रुप दिइसकिएको जनाएको हो ।

विज्ञप्तीमा भनिएको छ , ‘कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिक रुपमै आयोजना गर्न सकिने आशाका बाबजुद विभागले ‘डिजिटल भोटिङ’को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरेको छ’। कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको तेस्रो पूर्ण बैठकले ‘डिजिटल भोटिङ’को अवधारणालाई अन्तिम रूप दिएको हो ।

विभागको निर्णयमा भनिएको छ, ‘कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिक रुपमै आयोजना गर्न सकिने आशाका बाबजुद विभागले ‘डिजिटल भोटिङ’को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरेको छ,केन्द्रीय समितिले जरुरी ठहर गरेर निर्णय गरेका खण्डमा शून्यबाट सुरु गर्नु नपर्ने गरी विकास गरिएको प्रविधि तत्काल आवश्यक नपर्दा भविष्यका लागि पार्टीसँग प्रविधिको सम्पत्ति र सक्षमता सुरक्षित हुने विश्वास विभागले लिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर