रुकुम पूर्व, १५ साउन : रुकुम९पूर्व० को सिस्ने गाउँपालिका स्थित नेपालको नक्सा आकारमा रहेको कमल दह । यो दह सिस्ने गाउँपालिका(५ मा पर्दछ । दहमा कमल फुलेसँगै आन्तरिक पर्यटकहरुको संख्यामा पनि वृद्धि भएको छ ।
यो पनि : महोत्तरीमा ४० प्रतिशत मात्र रोपाइँ, रोपिएका धान सुक्दै :महोत्तरी जिल्लामा यसपालि समयमा वर्षा नहुँदा अहिलेसम्म ४० प्रतिशत मात्र धान रोपाइँ भएको छ ।
कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख डा रामचन्द्र यादवका अनुसार यसपटक मनसुनी वर्षानहुँदा र किसानले समयमै ब्याड राख्न नपाउँदा कम रोपाइँ भएको हो । साउन महिनाको दोस्रो साता बित्न लाग्दा पनि जिल्लामा यथेष्ट पानी परेको छैन । यहाँका किसानले स्यालो ट्युवबेल, डिप ट्युवबेल र मोटरको पानी प्रयोग गरेर महँगो खर्च गरेर जेनतेन ४० प्रतिशत खेत रोपाइँ गरेका छन् ।
उहाँले जिल्लाको कूल धान खेतीयोग्य जग्गा ४५ हजार हेक्टर रहेकोमा अहिलेसम्म मात्र नौ हजार नौ सय हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको जानकारी दिनुभयो । पानी नै नपरेका कारण किसानले महँगो मूल्यमा सिँचाइ गरेर रोपेका धानका बिरुवा पनि अहिले सुक्न थालेको जलेश्वर नगरपालिका –८ का किसान विपेन्द्र पाण्डले गुनासो गर्नुभयो । उहाँले आफ्नो खेतमा लगाएको धानका बिरुवा सुक्न थालेको र खेतभरि धाँजोसमेत फाटेको बताउनुभयो ।
अर्का किसान रामु मण्डलले आफ्ना धानका बिरुवा ब्याडमै सुकिरहेको बताउनुभयो । जलेश्वरकै छिमेकी गाउँपालिका एकडारा–४ का किसान उपेन्द्र यादवले आफ्नो गाउँभरि नै यसपालि रोपाइँ हुन नसकेको र रोपेको धान पनि अहिले सुकिरहेको बताउनुभयो ।
रामगोपालपुर नगरपालिका–५ का किसान प्रमोद मण्डलले पानी नपर्दा यसपालि रोपाइँ गर्न नपाएको गुनासो गर्नुभयो । जिल्लामा सिँचाइ पुगेको जग्गा २१ हजार हेक्टर मात्रै रहेको छ र अन्य जग्गामा अहिले पनि आकाशे पानीकै भरमा धान खेती हुँदै आएको केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रले यसपालि जिल्लामा धान उत्पादनमा ह्रास आउने अनुमानसमेत गरेको छ ।