काठमाडौँ-किम योङ कप तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का सोमबार दक्षिण कोरियाको मुजु जाने भएका छन् ।विश्व र्याङकिङ जि–२ प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न अशोक कोरिया जान लागेका हुन् । प्रतियोगिता यही साउन १७ देखि २२ गतेसम्म हुनेछ ।
उनले ग्योरोगी र पुम्से विधामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाई गर्नुभयो ।