सप्तरीमा बाढीले नहर भत्कायो, ४ सय बढी घर डुबे — OSNepal

सप्तरीमा बाढीले नहर भत्कायो, ४ सय बढी घर डुबे

LC (KTM) July 20, 2021 0

काठमाडोँ । केहीदिनदेखिको अविरलको वर्षापछि आएको बाढीले सप्तरिमा ४ सय घर डुवानमा परेका छन् ।

नगरपालिका प्रमुख उत्तम गौतमका अनुसार निरन्तरको वर्षापछि विभिन्‍न खोलामा आएको बाढीका कारण जीर्ण रहेको मुलुककै पुरानो चन्द्रनहरको डिल भत्किँदा करीब ४ सय घर डुबानमा परेका हुन् ।

वर्षापछि खोलामा बाढी बढेको र उक्त बाढी नहरमा पसेपछि जिर्ण अवस्थाको नहर भत्किँदा आसपासका करीब ४ सय घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रशासनले अविरल वर्षाका कारण नहरमा पानीको ओभरफ्लो छँदैथियो । खोला र नदीमा आएको बाढीले समेत समस्या परेको जनाएको छ । अहिले डुबान क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर