एजेन्सी-बलिउड अभिनेता अमिर खान पत्नी किरण रावसँग झन नजिक हुन थालेका छन् । केही समय पहिले डिर्भोष गरेर चर्चामा आएको यो जोडी डिर्भोष पछि झन रमाइरहेका छन् ।‘डिभोर्स अन्त्य हैन नयाँ जीवनको सुरुआत हो’ भन्दै यो जाडी एक साथ खुसी साथ देखिन थालेका हुन् । उनीहरुले बिहे भएको १५ वर्षपछि आफुहरुले सम्बन्ध तोडेको बारे संयुक्त विज्ञप्ति जारी गर्दै जानकारी गराएका थिए जसमा भनेका थिए ‘डिभोर्स अन्त्य हैन नयाँ जीवनको सुरुआत हो’ ।
आफ्ना छोरा आजादलाई मिलेर हुर्काउने उनीहरुले बताएका थिए । उनीहरु अहिले भारतको लद्दाखमा एकसाथ छन् । फिल्म ‘लाल सिंह चढ्ढा’ छायांकनमा रहेका अमिरसँग पत्नि किरण पनि देखिएकी छिन् ।
लद्दाखमा फिल्म ‘लाल सिंह चढ्ढा’मा दुबैले पारम्परिक पहिरनमा डान्स गरेका थिए । जुन तस्विर सामाजिक संजालमा भाइरल थिए ।अहिले उनीहरु प्रेमी प्रेमिका जस्तै रमाएर समय बिताइरहेका छन् । तस्विरमा उनीहरुलाई खुशी देख्न सकिन्छ ।