बलिउड अभिनेत्री शिल्पा शेट्टी योग साधना प्रति एकदमै झुकाव राख्छिन् । सबैलाई लाग्छ कि उनको पुरा परिवार पनि योगका लागि शोखीन छन् । उनका पति भने योगको नभई यौनको भोगी रहेको खुलासा भएको छ । को पति तथा ब्यवसायी राज कुन्द्रालाई मुम्बई क्राइम ब्रान्चले सोमबार राती गिरफ्तार गरेको छ ।
उनी माथि अश्लिल फिल्म बनाएको आरोप रहेको छ । मुम्बई पुलिसका अनुसार राजकुन्द्राका बिरुद्ध आफुहरु संग पर्याप्त सबुत रहेको र गिरफ्तार गरेर सोधपुछ भईरहेको छ । सोमबार राती ९ बजे राजकुन्द्रा सोधपुछका लागि मुम्बईको भायखला स्थित क्राईम ब्रान्च दफ्तर पुगेका थिए ।
यसपछि सोमबार राती ११ बजे २ घण्टा सोधपुछ पछि राज कुन्द्रालाई क्राईम ब्रान्चका अधिकारीहरुले गिरफ्तार गरेका थिए । यो केशमा राज कुन्द्रा पछि रयान जोन नामका एक ब्यक्तिको नवी मुम्बईबाट गिरफ्तार गरीएको छ ।
आज कोर्टमा पेशी हुदै
मंगलबार बिहान ४ बजे राज कुन्द्रालाई क्राईम ब्रान्च दफ्तरबाट मुम्बईको जेजे अस्पतालमा मेडिकल जाँचका लागि लगिएको थियो । त्यसपछि बिहान सभा ४ बजे राजलाई जेजे अस्पतालबाट मुम्बई कमिश्नर पुलिसको अफिसमा लगिएको छ । भारतीय संचारमाध्यमका अनुसार उनलाई आज कोर्टमा पेश गर्ने तयारी भईरहेको छ ।
पक्राउ गर्नुको पुरा बिषय यस्तो छ
मुम्बई पुलिस कमिश्नरले बताए अनुसार क्राईम ब्रान्चले फेब्रअरी २०२१ मा अश्लिल फिल्म बनाउने तथा त्यसलाई अलग अलग ओटीटी प्लाटफर्ममा रिलीज गर्ने बिषयमा केश दर्ता गरेको थियो । यसपछि पुलिसले कैयौ अलग अलग ठाउँमा छापामारेको थियो । यस मामलामा राज कुन्द्रा पहिला ४ जना ब्यक्ति समेत गिरफ्तार भएका थिए ।
तिनै पक्राउ परेकाहरुको बयान र टेक्निकल प्रमाणको आधारमा राज कुन्द्रालाई गिरफ्तार गरिएको हो । मुम्बई क्राईम त्र्रान्चका अनुसार एक हटशट नामको एप बनाईएको थियो । जसमा फिल्म रिलीज गर्ने गरिएको थियो । पुलिसका अनुसार उक्त एप राज कुन्द्राको हो । हाल राज कुन्द्राले दाबी गरेका छन् कि उक्त एप संग आफ्नो कुनै लेना देदा छैन ।