भेंडाको दूघ जमाएर मही पादै ताप्लेजुङका किसान — OSNepal

भेंडाको दूघ जमाएर मही पादै ताप्लेजुङका किसान

LC (KTM) July 28, 2023 0

फुङ्लिङ, १२ साउनः समुद्र सतहदेखि चार हजार ४०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेनखर्कमा भेंडाको दूघ जमाएर मही पादै किसान । अहिले गर्मी छल्न भेंडा हिमाली क्षेत्रमा पुगेका छन् ।

यो पनि : नदीमा डुबेर बालक बेपत्ता : डोटीमा सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् । दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका पाँच वर्षीय सुशान्त साउद सेतीमा डुबेर बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मी जोशीका अनुसार बिहीबार खेल्ने क्रममा नदीमा डुबेका हुन् । उनीसँगै डुबेका चार वर्षीय मिलन साउदको स्थानीयले उद्धार गरेका थिए । उद्धार गरिएका उनको डडेल्धुरामा उपचार भइरहेको छ ।

बेपत्ता सुशान्तको खोजीका लागि आफन्त, नेपाल प्रहरी र सशस्त्र प्रहरी जुटेका छन् । दुवैजना खेल्दाखेल्दै सेती नदीमा पुगेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर