बलिउड सुन्दरी पिया बाजपेईलाई अर्को बज्रपात, अस्पतालले हेलचक्राई गर्दा भाईलाई गुमाउनु पर्यो — OSNepal

बलिउड सुन्दरी पिया बाजपेईलाई अर्को बज्रपात, अस्पतालले हेलचक्राई गर्दा भाईलाई गुमाउनु पर्यो

LC (KTM) May 15, 2021 0

कलाकार पिया बाजपेईले आफ्नो भाईलाई गुमाएकी छिन् । कोरोनाका कारण उनको भाईको निधन भएको हो । आफ्नो भाईको निधनको खबर उनले ट्विट मार्फत जानकारी दिएकी हुन् । उनले ट्विटमा लेखेकी छिन् – भाई अब रहेनन् ।

उनले यसअघि पनि ट्विट गर्दै आफ्नो भाईको लागि अस्पतालमा बेड र भेण्टिलेटरको सहयोग मागेकी थिईन् । उनले भाईको स्वास्थ्य अवस्थामा सुधार नभएको भन्दै जति सक्दो चाँडो बेड तथा भेण्टिलेटरको माग गरे पनि अन्ततः उनको भाईलाई बचाउन सकिनन् ।

उनले अहिले गरेको ट्विट फेरि भाईरल बनेको छ । मे ७ तारिकमा आफ्नो पुरै परिवारको कोरोना परिक्षण गरे पनि अहिले सम्म रिर्पाेटको अत्तो पत्तो नभएको बताएकी छिन् । सबै कुरा शुन्य र शान्त भएको बताउँदै उनले भगवानको आर्शिबादले सबै परिवार सुरक्षित रहेको बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर