काठमाडौं । कोरोना संकटका कारण वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा अघिल्लो वर्षको तुलनामा गत वर्ष शतप्रतिशतले कमी आएको छ । यो संख्या ३ वर्षअघि अर्थात आर्थिक वर्ष २०७५ / ०७६ को तुलनामा लगभल साढे दुई गुणा कम हो । यसमा पनि प्रमुख ७ श्रम गन्तव्य यूएई, कतार, मलेसिया, साउदी अरब, बहराइन, कुवेत र ओमानमा सबैभन्दा बढी घटेको छ ।
कतार, साउदी अरब र यूएई जाने नेपालीको संख्या शतप्रतिशत भन्दा बढीले कमी आएबो छ । अघिल्लो आवमा ३ लाख ६८ हजार ४१३ वैदेशिक रोजगारीमा गएकोमा गत आर्थिक वर्षमा सो संख्या घटेर १ लाख ६६ हजार ३०५ मा सिमित भएको छ । ३ वर्ष अघि यो संख्या ५ लाख ७ हजार८१७ थियो ।
विश्वव्यापी कोरोना संकटका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवसम्म रोजगारीका लागि विदेश जाने नेपालस् युवाको संख्यामा कमी आए पनि रेमिट्यान्स भने घटेको छैन । कारोबार दैनिकमा खबर छ ।
वैदेशिक रोजगारीमा जाने समग्र युवाको संख्यालाई तुलना गर्दा खाडीका प्रमुख तीन देश कतार, साउदी अरब र युएई जाने नेपाली संख्या एक वर्षमा २ लाख ५७ हजार भन्दा कमी भएको छ । आर्थिक वर्ष २०७५/०७६ मा कतार, साउदी अरब र यूएई जाने नेपालीको संख्यामा २५० प्रतिशत कमी आएर १ लाख ४१ हजार ९७७ पुगेको छ ।