कस्तो रहला आज दिनभरको मौसम ,यि स्थानमा पानी पर्ने सम्भावना — OSNepal

कस्तो रहला आज दिनभरको मौसम ,यि स्थानमा पानी पर्ने सम्भावना

LC (KTM) July 22, 2023 0

काठमाडौं – शनिवार देशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।

हाल देशभर आंशिक देखि सामान्य बदली रहि गण्डकी, लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का पानी परिरहेको छ ।आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू(भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ।

आज राती पनि देशभर आंशिक देखि सामान्य बदली रही सबै प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराई भू(भागका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर