आज दिउसो भारी वर्षाको सम्भबना, महाशाखाले जारी गर्यो २४ घण्टाका लागि चेतावनी — OSNepal

आज दिउसो भारी वर्षाको सम्भबना, महाशाखाले जारी गर्यो २४ घण्टाका लागि चेतावनी

LC (KTM) July 20, 2021 0

काठमाडौं-आज धेरै स्थानमा पानी पर्ने र थोरै ठाउँमा धेरै ठूलो वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ ।दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस्तै राति पनि धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाले बाढी(पहिरोलगायत विपत्तिबाट बच्न जोखिम क्षेत्रका बासिन्दाका लागि आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ स् बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाअउन हुन अनुरोध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर