गोकुल बास्कोटाले भने 'अब माधव जित्दा एमाले नै हार्छ, तर एमाले जित्दा माधव मात्र हार्छन्' — OSNepal

गोकुल बास्कोटाले भने ‘अब माधव जित्दा एमाले नै हार्छ, तर एमाले जित्दा माधव मात्र हार्छन्’

LC (KTM) July 20, 2021 0

काठमाडौं- नेकपा एमालेका नेता गोकुल बास्कोटाले वरिष्ठ नेता माधवकुमार नेपाललाई एमालेसँग सँगै हिडाउन नसकिने बताएका छन् , सामाजिक संजाल ट्विटरमा ट्विट गर्दै बास्कोटाले नेपाललाई अब पार्टीमा राखिरहन जरुरी नरहेको बताएका हुन् ।आइतवार संघीय संसदमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई नेता नेपालले विश्वासको मत दिएपछि अब उनलाई एमालेमा राखिरहन नसकिने दाबी पूर्व मन्त्रीसमेत रहेका बास्कोटाले गरेका हुन्।

उनले एमालेजनले अब अलमलबिना व्यक्ति वा पार्टी एक रोज्नुपर्ने तर्क गरेका छन्।उनले लेखेका छन् ‘अब एमाले र माधव नेपाललाई न त सँगै हिँडाउन सकिन्छ न त जिताउन नै१ु, बास्कोटाले भनेका छन्, ‘माधव जित्दा एमाले नै हार्छ, तर एमाले जित्दा माधव मात्र हार्छन्। तसर्थ, देशभरका एमालेजनले बिनाअलमल व्यक्ति वा पार्टीमध्ये एक रोज्न पर्छ। अर्को विकल्प छैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर