सप्तरी। साउनको पहिलो सोमबार सप्तरीको रुपनी गाउँपालिका वडा न ४मा नाग सर्प देखा परेपछि भक्तजनको घुइँचो लागेको छ ।क जनाको देवता कोठामा साउनको पहिलो सोमवार नागसर्प निस्केपछि छि भक्तजनको घुइँचो लागेको हो ।
श्याम मडरको घरमा नाग देवता देखा परेपछि सर्पलाई बाहिर निकाल्ने बित्तिकै नजिकै रहेको मन्दिरको शिवलिंग नजिक बसेका थिए। सर्पको दर्शन गर्न गाउँभरिको दर्शनार्थी आएको बताइएको छ ।
सोमवारको दिन साक्षांत शिवले दर्शन दिईको भन्दै स्थानियको भीड लागेको हो । गर्मीमा सर्प बाहिर निस्किएको अनुमान गरेपनि आज पहिलो सोमबार भएकाले भगवान शिवको रुपमा नागले दर्शन दिएको स्थानीय बताउँछन्।