सूर्य नेपाल प्रा.लि द्वारा स्थानिय स्तरको कोभिड–१९ प्रकोप व्यवस्थापन कोषमा रु. ५० लाखको सहयोग प्रदान — OSNepal

सूर्य नेपाल प्रा.लि द्वारा स्थानिय स्तरको कोभिड–१९ प्रकोप व्यवस्थापन कोषमा रु. ५० लाखको सहयोग प्रदान

LC (KTM) July 19, 2021 0

सूर्य नेपाल प्रा.लि.ले तनहुँका शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिका को “कोभिड–१९ प्रकोप व्यवस्थापन कोष” मा क्रमश रु. तीस लाख र रु. बीस लाख गरी जम्मा रु. ५० लाख रुपंैयाको सहयोग गरेको छ । आज एक कार्यक्रमको बिच सूर्य नेपाल प्रा.लि.को शेराटार (तनहुँ) स्थित कारखाना प्रबन्धक श्री बाबुराम कार्कीले सो रकम हस्तान्तरण गर्नुभएको हो । कारखाना प्रबन्धक श्री बाबुराम कार्कीले सूर्य नेपाल प्रा.लि.ले यस क्षेत्रमा गर्दै आएको बिभिन्न सहयोगको चर्चा गर्दै भविष्यमा पनि सहयोग जारी रहने कुरा उल्लेख गर्नुभयो ।

कम्पनीको मानब संसाधन विभागका अञ्जन दुवाडीले यस क्षेत्रको दीर्घकालिन बिकासको लागि स्थानीय संग सहकार्य गर्दै अघि बढ्न सूर्य नेपाल प्रा.लि. सदैव तयार रहेको जानकारी दिनुभयो । कार्यक्रममा शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिका प्रमुख, उप–प्रमुख तथा प्रमुख कार्यकारी अधिकृतहरुले सूर्य नेपाल प्रा. लि ले यस क्षेत्रको सामाजिक आर्थिक बिकासमा गरेको योगदानको उच्च प्रशंसा गर्दै भविष्यमा पनि यस्तै प्रकारको सहयोगको अपेक्षा समेत गर्नुभयो ।
सूर्य नेपाल प्रा.लि.ले गत वर्ष पनि शुक्लागण्डकी नगरपालिका तनहूँको “कोभिड–१९ प्रकोप व्यवस्थापन कोष” मा रु. दश लाख तथा सात वटै प्रदेशमा कोभिड विरुद्धको लडाईंमा सहयोग प¥याउन रु. एक–एक करोड रकम प्रदान गरेको थियो । सूर्य नेपाल प्रा.लि.ले यस क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।

कम्पनीले गत आ.व. मा पनि म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकालाई १–१ थान एम्बुलेन्स प्रदान गरेको थियो । त्यस्तै कोभिड–१९ को रोकथाम तथा उपचारको लागि यस क्षेत्रका बिभिन्न अस्पतालहरु तथा स्थानियबासीहरुलाई विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरी कोभिड–१९ को महामारी बिरुद्धको लडाईंमा सहयोग गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर