बलिउड अभिनेत्री तापसी पन्नु पछिल्लो समय चर्चामा छाईरहेकी छिन् । उनी निक्कै प्रष्ट बक्ताको रुपमा देखिन थालेकी छिन् । उनी यस्ती नायिका हुन् जो थोरै समयमा नि सफल बन्न पुगेकी छिन् ।
उनी आफ्नै संघर्षले बलिउडमा स्थापित भएकी छिन् त्यसैले पनि कुनै गडफादर बिना नै बलिउडमा आएका कलाकारका बिषयमा आफ्ना कुराहरु ओजनदार रुपमा राख्ने गरेकी छिन् । सुशान्त सिंह राजपुतको निधन पछि बलिउडमा नेपोटिज्मको कुरा ब्यापक रुपमा उठेको थियो
त्यसमा कंगना रनावतले खरो रुपमा आफ्ना कुरा राखेकी थिईन् भने यी नायिकाले पनि बारम्बार नेपोटिज्म अथाएत नाताबादका बारेमा बिबादास्पद अभिब्यक्ति दिदै आएकी छिन् । यीनै नायिका जस्ले भर्खरै मात्र प्रोडक्सन हाउस खोलेकी छिन् । अब अहिले आएर उनको प्रोडक्सन हाउसलाई नेपोटिज्मको खिलापमा लिईन थालिएको छ ।
बलिउडमा हुनेगरेको नेपोटिज्म अर्थात नाताबाद बिरुद्ध लड्नकै लागि उनले प्रोडक्सन हाउस खोलेको चर्चा सुरु भएको छ । भारतीय एक संचारमाध्यम संग कुरा गर्दै उनले यो कुरालाई ठाडै स्विकार नगरे पनि घुमाउरो शैलीमा स्वीकार गरेकी छिन् ।
उनले बाहिरबाट आएका नयाँ कलाकारलाई मौका र स्थान दिने भए पनि नेपोटिज्म बिरुद्धको लडाई आफ्नो नभएको दाबी गरेकी छिन् । उनले आफुलाई त्यो संघर्षको बेला पनि साथ र माया दिने फिल्म उद्योग भित्रै केही मानिस र आफ्ना फ्यानले उपहार दिएको समेत बताएकी छिन् ।