अदालतले ३० लाख जरिवाना तोकेपछि फरार रहेका मिलन र देवनारायण समातिए — OSNepal

अदालतले ३० लाख जरिवाना तोकेपछि फरार रहेका मिलन र देवनारायण समातिए

LC (KTM) July 19, 2021 0

काठमाडौँ, ४ साउन – नेपाल प्रहरीले रु ३० लाख जरिवाना भएपछि फरार रहेका दुई व्यक्तिलाई पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु १५÷१५ लाख जरिवाना गरेपछि फरार रहेका काठमाडौँ टोखाका ४८ वर्षीय मिलन डङ्गोल र ६३ वर्षीय देवनारायण महर्जनलाई पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको फैसलापछि क्रमशः सात दिन र पाँच दिन कैद सजाय र बिगोबमोजिम रु १५ लाख जरिवाना ठहर गरेपछि फरार रहेका डङ्गोल र महर्जनलाई आज टोखा र कलङ्कीबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेका डङ्गोलले नेपाल इन्भेष्टमेन्ट बैंक र महर्जनले माछापुच्छ«े बैँकको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले डङ्गोल र महर्जनलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका दुबैजनालाई फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर