काठमाडौं ४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको आज बसेको मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले साउन ६ गते बकर इद पर्वको अवसरमा सार्वजनिक विदा दिने निणर्य गरेको छ । साथै कोरोना विरुद्धको खोप अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने देशहरुलाई धन्यावाद समेत दिने निणर्य गरेको छ ।
साथै बैठकमा अनुदान वा खरिदबाट थप खोप उपलब्ध गराउन खोप उत्पादक तथा अन्य मित्र राष्ट्रहरूलाई आग्रह समेत गरेको जनाइएको छ ।
देउवा नेतृत्व सरकारमा गृहमन्त्री बालकृष्ण खाँड ,अर्थमन्त्री जनार्दन शर्मा ,उर्जामन्त्री पम्फा भुसाल ,कानुन तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको सहभागी रहेको थियो ।