काठमाडौं – क्यान्सर पिडित चितलि लो लामालाई नेकपा एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च इजरायलले आर्थिक सहयोग गरेको छ । क्यान्सरले थला परेकी चितवनकी लामालाई मञ्चले उपचारका लागी १ लाख १६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा एक कार्यक्रमका बिच एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उक्त सहयोग रकम लामालाई हस्तान्तरण गरेका थिए ।
इजरायलमा कार्यरत तथा संगठनमा आवद्ध रहेकाहरुले क्यान्सर पीडित लामाको सहयोगार्थ उक्त रकम पठाएका थिए । प्रवासमा रहेर पनि नेपालमा विभिन्न किसिमका रोगसँग लडिरहेकाहरुका लागि सहयोग गर्ने सबैलाई प्रवासी नेपाली मञ्चले धन्यबाद व्यक्त गरेको छ । प्रवासी नेपाली मञ्च इजरायलका अध्यक्ष समीर प्रधानले सहयोग सानो ठूलो नहुने र सानो सहयोगले कसैको जीवान बचाउन सकिन्छ भने किन नगर्ने भन्ने उद्देश्यले सकेको सहयोग गरिएको बताए ।
क्यान्सर पीडित लामाको उपचारका लागि मञ्चका अध्यक्ष प्रधानले ४५ हजार रुपैयाँ सहयोग गरेका छन् । यस्तै मञ्चका उपाध्यक्ष मदन भट्टराईले दुई हजार रुपैयाँ, सचिव मिना चुडालले एक सय एक इजरायली एनएस, उपसचिव पायल कटुवालले एक सय एक इजरायली एनएस, कोषाध्यक्ष ठुली चन्द्रकला कोयि राईले एक सय १० इजरायली एनएस, महिला विभाग प्रमुख जानुका चापागाईंले १० हजार रुपैयाँ, प्रचारप्रसार विभाग प्रमुख सेविका आले मगरले एक सय ५१ डलर र सांस्कृतिक विभाग प्रमुख धना थापाले दुई हजार रुपैयाँ सहयोग गरेका छन् ।
त्यस्तै मञ्चका सदस्यहरु बाल कुमारी प्रसाईं(इन्दिरा)ले एक सय इजरायली एनएस, विमला राना मगरले दुई सय पाँच इजरायली एनएस, पिड्गकि लेप्चाले एक सय इजरायली एनएस, दिपा लिम्बूले एक सय एक इजरायली एनएस, गोपाल रानाले एक सय ५१ इजरायली एनएस, कविता गुरुङले एक सय इजरायली एनएस, सुनिता भट्टराईले ५० इजरायली एनएस र राधिका शाक्यले दुई हजार रुपैयाँ तथा कासिस बान्तवा राईले एक सय पाँच इजरायली एनएस र नुमा कार्कीले दुई हजार रुपैयाँ सहयोग गरेका छन् ।