पिसिआर टेष्ट गरेर मात्र नेपाल जान कोलकाता महावाणिज्यदूतावासको आग्रह — OSNepal

पिसिआर टेष्ट गरेर मात्र नेपाल जान कोलकाता महावाणिज्यदूतावासको आग्रह

LC (KTM) May 15, 2021 0

काठमाडौँ, १ जेठ-नेपाली महावाणिज्यदूतावास कोलकाताले सकभर नेपाल जाँदै नजान र जानै परेमा पिसिआर टेष्ट गरेर मात्र जान नेपाली समुदायमा आग्रह गरेको छ । महावाणिज्यदूत ईश्वरराज पौडेलले सीमा पार भएपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने जनाउँदै यदि अस्पतालमा भर्ना हुन र कोरोना विरुद्धको खोपका लागि कुनै कागजपत्र आवश्यक परे महावाणिज्यदूतावासमा सम्पर्क राख्न आग्रह गर्नुभयो ।

कोरोना विरुद्ध जीत हासिल गर्न नेपाल र भारतका स्वास्थ्य मापदण्ड अपनाउन, घरैमा बस्न तथा सबै नेपाली एकजुट हुन पनि उहाँले अनुरोध गर्नुभएको छ । यसैबीच श्रीश्रीश्री जानकीमाता नेपाली धार्मिक सङ्घले कोरोनापीडित नेपालीका लागि दुई एम्बुलेन्समार्फत निःशुल्क घुम्ती सेवा शुरु गरेको छ । नेपालीहरु कसैलाई अस्पताल जानआउन वा अन्य समस्या भएमा एम्बुलेन्स सेवा लिन आग्रह गरिएको सङ्घका सभापति गुञ्जदास श्रेष्ठ र जानकी माता नेपाली महिला कल्याणकारी कोषका अध्यक्ष रमा शर्मा पौडेलले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर