काठमाडौं ४ साउन । अवैध लागुऔषध ब्राउनसुगरसहित पर्सामा एक वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ का ५५ वर्षीय अध्यक्ष अमेरिका सहनी, ४० वर्षीय बलिष्टर सहनी र ५२ वर्षीय रामआदेश सहनी रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले ७९ ग्राम ब्राउनसुगर बरामत गरेको थियो । हिजो आइतबार इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले रहेको पर्सा प्रहरी ना१ब ३५९५ नम्बरको पल्सर मोटरसाइकलको फिल्टर बक्सबाट ब्राउनसुगर फेला पारेको हो ।
वडाअध्यक्ष सहनी भने, ना६२प १९४२ नम्बरको मोटरसाइकलमा सवार भएको प्रहरीले खुलासा गरेको थियो । निजहरुलाई इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखेर लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।