१ हजार २५८ जना कोरोना संक्रमित निको, संक्रमित हुनेको संख्या दोब्बर — OSNepal

१ हजार २५८ जना कोरोना संक्रमित निको, संक्रमित हुनेको संख्या दोब्बर

LC (KTM) July 19, 2021 0

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ८३३ जनाको पीसीआर परीक्षणबाट १ हजार ६४२ र ३ हजार ८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी जम्मा २ हजार ४४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार २५८ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । त्यस्तै सोही अबधीमा ३२ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३३ हजार ३३२ जना निको भएका छन् भने मृतकको कुल संख्या ९ हजार ५८२ पुगेको छ । हालसम्म संक्रमित निको हुने दर ९४।७ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर