काठमाडौं । नपालमा सोमबार थप २,४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ७,८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १,६४२ जना र ३,८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी २,४४५ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज १२५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।