सलमानले आफ्नो यौवनको फाईदा उठाएको पाकिस्तानी अभिनेत्री सोमीको दाबी , सलमानको बिबाह हुन नसक्नुको गोप्य रहस्य खोलिन् उनले — OSNepal

सलमानले आफ्नो यौवनको फाईदा उठाएको पाकिस्तानी अभिनेत्री सोमीको दाबी , सलमानको बिबाह हुन नसक्नुको गोप्य रहस्य खोलिन् उनले

LC (KTM) July 19, 2021 0

सलमान खान संग जहिल्यै पनि सोधीने प्रश्न एउटै हुन्छ , बिबाह कहिले गर्ने ? उनलाई हरेक संचारमाध्यमले यहि प्रश्न गर्छन् तर उनको उत्तर कहिले आउँदैन आखिरमा टारेरै छोडिदिन्छन् । ५५ बर्षको भईसके सलमान खान तर पनि अझै अबिबाहित नै छन् ।

उनको यो उमेर सम्म २ दर्जन भन्दा बढी नायिकाहरु संग नाम जोडिसकेको छ तर पनि उनी एउटा गतिलो प्रेममा परेर बिबाहित हुन भने सकेका छैनन् । बलिउडमा चर्चित नायिका देखी रसियन सुरा सुन्दरी सम्म उनको जिनवमा आए तर बाँधिन सकेनन् ।

यी पाकिस्तानी नायिका जस्ले खोलीन् सलमानको बिहे नहुनुको राज

सलमान खान संग बलिउडकै ऐश्वर्या राय, संगीता बिजलानी, कैट्रीना कैफ, ज्याक्विलीना जस्ता थुप्रै नायिकाको नाम जोडियो त्यस मध्ये पाकिस्तानी मूलकी अभिनेत्री सोमी अली पनि एक हुन् । उनको सलमान खान संग ८ बर्ष सम्म अफेयर चलेको थियो ।

१६ बर्षको कलकलाउँदो उमेरमा बलिउड छिरेकी सोमीको यौवनको फाईदा सलमानले भरपुर उठाए तर बिबाह भने गरेनन् । पाकिस्तानी अभिनेत्री सोमीले सलमान संगको सम्बन्धको बारेमा पटक पटक संचारमाध्यममा भन्दै आईरहेकी छिन् । यसपटक भने उनले सलमानको बिषयमा रहस्य खोल्दिएकी छिन् ।

उनी प्रेम गर्नमा मात्र माहिर रहेको तर बिबाह गर्न असफल मान्छे भएको दाबी गरेकी छिन् । उनको हर्कतकै कारण कहिल्यै घरबार हुन नसक्ने उनको दाबी छ । उनका अनुसार पछिल्लो पाँच वर्षदेखि सलमानको सम्पर्कमा उनी छैनन् । सलमानलाई बिर्सेर आफु अघि बढिसकेको र सलमान पनि त्यहि बाटोमा अघि बढिसकेको उनले बताएकी छिन् ।

सलमानले आफु संगको सम्बन्ध तोडेपछि पनि दर्जनौ प्रेमिका बनाएको भन्दै उनले सलमानलाई आफुले हरेक चोटी शुभकामना दिएको समेत खुलासा गरिन् । उनको एनजीओ बीइङ ह्यूम्यानले राम्रो काम गरिरहेको भन्दै प्रशंसा गरेकी उनले सलमान संग भने मानसिक रुपमा पनि सम्बन्ध राख्नु उचित नहुने बताईन् । आफुहरु अलग भएको २० वर्ष भइसकेको भन्दै सोमीले सलमानले आफुलाई ठुलो धोका दिएको बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर