नुहाउन गएका सात वर्षीय बालकको पोखरीमा डुबेर मृत्यु — OSNepal

नुहाउन गएका सात वर्षीय बालकको पोखरीमा डुबेर मृत्यु

LC (KTM) July 19, 2021 0

सप्तरी- सप्तरीको महदेवा गाउँपालिका–४ बलियामा आज डुबेर एक बालकको मृ त्यु भएको छ । म्ृत्यु हुनेमा मोहम्मद मुस्ताकका सात वर्षीय छोरा मोहम्मद इजराइल रहेको स्थानीयवासी राहत अलिले बताउनुभयो । सोही गाउँका लक्ष्मीनारायण मठको पोखरीमा नुहाउने क्रममा बालकको डुबेर मृ त्यु भएको स्थानीयवासीको भनाइ छ ।

राजविराज कारागारमा तीन गुणा कैदी-सप्तरीस्थित राजविराज कारागारमा क्षमता भन्दा तीन गुणा कैदीबन्दी रहेका छन् । एक सय २५ जना क्षमता भएको उक्त कारागारमा हाल १४ महिलासहित ३६८ कैदीबन्दी रहेको जेलर सुमन कोइरालाले बताउनुभयो ।राणाकालमै निर्माण गरिएको मुलुककै पुरानोमध्येको उक्त कारागार हो । कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी भरिएपछि कारागारलाई व्यवस्थापन गर्नसमेत कठिनाइ भइरहेको जनाइएको छ । कारागार भवन पुरानो र अति जीर्ण हुनाका साथै क्षमता भन्दा धेरै कैदीबन्दी राख्नु पर्दा व्यवस्थापनमा पनि समस्या भइरहेको जेलर कोइरालाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर