सांसद पदबाट राजीनामा दिएका नेता भीम रावलले मागे माफी — OSNepal

सांसद पदबाट राजीनामा दिएका नेता भीम रावलले मागे माफी

LC (KTM) July 19, 2021 0

काठमाडौँ ४ साउन । सांसद पदबाट राजीनामा दिएका नेता भीम रावलले अछामी जनतासँग माफी मागेका छन् ।

जनता,विशेषतः अछामी मतदाता,का सामु स्वच्छ र नैतिक राजनीतिक जीवन तथा देशको सर्वोपरि हितमा समर्पित रहने बाचा अनुसार आफुले अनैतिक र दुषित राजनीतिको मतियार नहुन प्रतिनिधि सभाको सदस्यबाट राजीनामा अछामी जनतालाई बताएका छन् ।

उनले भनेका छन् , जनता,विशेषतः अछामी मतदाता,का सामु स्वच्छ र नैतिक राजनीतिक जीवन तथा देशको सर्वोपरि हितमा समर्पित रहने बाचा अनुसार मैले अनैतिक र दुषित राजनीतिको मतियार नहुन प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको छु।

आफुलाई अछामी जनताले दिएको ५ वर्षको समय संरक्षण गर्न नसकेको भन्दै नेता रावलले क्षमा मागेका हुन् । ‘अछामी जनताले ५ वर्षका लागि दिएको मत पूरा अवधि संरक्षण गर्न नसकेकोमा क्षमा चाहन्छु रावलले भनेका छन’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर