काठमाडौँ ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्का वरिष्ठ नेता माधव नेपाललाई कम्युनिस्ष्ट आन्दोलनको गद्दार भएको बताएका छन् । आज बसेको केन्द्रिय कमिटिको बैठकमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
कम्युनिस्ट आन्दोलन समाप्त पार्न लागि परेको नेपाललाई नेकपा एमालेमा कुनै स्थान नभएको ओलीले बताएका हुन् । माधव नेपाल समुहका २२ जना सांसदहरुले हिजो मात्र शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए ।
‘पार्टीमा आउन चाहने साथीहरु आउनुस्, स्वागत छ । तर माधव नेपाललाई यस पार्टीमा स्वागत छैन ’ बैठकमा ओलीले भने । सरकार ढाल्न आफै लागि पर्ने अनि बहुमत नभएको कमिटिमा जान्न भन्न पाइन्छ ओलीले भने, ‘अपराध गर्ने, सरकार ढाल्ने, अनि उनैलाई बहुमत दिनुपर्ने रु अध्यक्ष बनाउनुपर्ने
?’ ।
ललितपुरस्थित तुलसीलाल आमात्य प्रतिष्ठानमा सुरु बैठकमा ओली नेपाल माथि खनिएका छन् ।