दृश्यमा खप्तड विस्तारको अभियानमा कलाकार सनम — OSNepal

दृश्यमा खप्तड विस्तारको अभियानमा कलाकार सनम

Bibek Karki July 09, 2023 0

काठमाडौं- सुदूरपश्चिममा पर्ने प्राकृतिक तथा आध्यात्मिक ठाउँ खप्तड क्षेत्रमा छायांकन गरिएको गीत सार्वजनिक भएको छ। एभरेष्ट ग्यालरीको आयोजनामा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र पूर्व पर्यटन मन्त्री प्रेम आले , राष्ट्रिय सभा सदस्य महेश महरा, सुदुरपश्चिम प्रदेश सभा सदस्यद्वय पदम शाही र शिव सिंह वली लगायत सुदुर पश्चिम प्रेदेशका विभिन्न क्षेत्रका विशिस्ट व्यक्तित्वहरुको उपस्तिथिमा विमोचन गरेका हुन्।

कार्यक्रममा दिपक शर्मा , विशाल निरौला , डा. शिव सुबेदीका शब्द संगीतमा रहेका खप्तड क्षेत्रमा छायांकन गरिएका ३ वटा म्युजिक भिडियोहरु सार्वजनिक गरिएको थियो । कार्की कृयसन मार्फत दिपक शर्माको शब्द र संगीत रहेको ” सधै यस्तै मिठा कुरा ” बोलको गीत जसमा डेभिड शंकर र वेनिशा पौडेलको स्वर रहेको गीतको म्युजिक भिडियो अत्यन्तै आकर्षक तरिकाले पर्यटकीय क्षेत्र खप्तडलाई प्रस्तुत गरिएको छ ।

सुटिङका लागि समेत उपयुक्त ठाउँका रुपमा प्रस्तुत गर्न खोजिएको म्युजिक भिडियो निर्माण संयोजन समेत गरेका कलाकार सनम कठायतले जानकारी दिएका छन्। डोटी घर भएका कलाकार कठायत विगत एक दशक देखी आफ्नो उत्कृष्ट अभिनयका माध्यमले सुप्रसिद्द मोडल हुन ,पर्यटन क्षेत्रलाई प्रवर्द्धनका लागि अभियानका रुपमा यसपटक खप्तडमा केही गीत सुटिङ गरिएको बताए। उनले भने, ‘हामीले आफ्नो कर्तव्य ठानेर यसपल्ट सुटिङ स्पट खप्तड रोज्यौं। अभियानमा बझाङको खप्तड छान्ना गाउँपालिका, कार्की क्रियसनलगायतले सघाएका छन्।’ यो गीतम कठायतसँगै निशा कार्कीको अभिनय देख्न पाइन्छ।

गीत निर्देशन खप्तड क्षेत्र फैलिएको अर्को जिल्ला बाजुरा घर भएर अहिले पत्रकारिताका साथै देउडा गीत लेखन र म्युजिक भिडियो निर्देशन समेत गरिरहेका डिबी खड्काले गरेका छन्। क्रियटिभ निर्देशक जनक सिंह, सिनेमाटोग्राफर दिपक गिरीलगायत पनि सुदूरपश्चिमबाटै आएर नेपाली मनोरञ्जन क्षेत्रमा सक्रिय व्यक्ति हुन्। म्युजिक भिडियो सम्पादन विकास दाहालले गरेका छन्। गीत युट्युबमा ‘कार्की क्रियसन’बाट सार्वजनिक भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर