काठमाडौँ ४ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षी दललाई मत दिने सांसदहरुलाई २४ घण्टे स्पष्टिकरण सोध्ने भएको छ ।
आज सोमबार ललितपुरको च्यासलमा जारी केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका सांसदहरुलाई २४ घण्टे स्पष्टिकरण सोध्ने निणर्य गरेको हो । हिजो भएको विश्वासको मतमा देउवालाई एमालेका माधव नेपाल सहित २२ जना सांसदले समर्थन गरेका थिए ।
पार्टीको निर्देशन , विधान विपरित काम गरेका नेपाल समुहलाई कारवाही गर्ने भन्दै बसेको बैठक अहिले पनि जारी रहेको छ ।