राप्ती नदी किनारमा दुई महिनाको गैँडा मृतावस्थामा फेला — OSNepal

राप्ती नदी किनारमा दुई महिनाको गैँडा मृतावस्थामा फेला

LC (KTM) July 19, 2021 0

चितवन- चितवन राष्ट्रिय निकुञ्जमा आइतबार दुई गैँडा मृतावस्थामा फेला परेका छन् । तीमध्ये एउटा बूढो र अर्काे केटा छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको केटा मृतावस्थामा फेला परेको हो । उहाँले बाघको आक्रमणबाट मरेको हुन सक्ने बताउनुभयो ।

यसैगरी अमलटारी सेक्टरअन्तर्गत रतनपुर घाटमा अन्दाजी ३० वर्षको गैँडा मृतावस्थामा फेला परेको छ । नारायणी नदीका किनारमा बालुवामा गढिएका अवस्थामा भाले गैँडा भेटिएको हो । ती गैँडाको खाग र खुर सुरक्षित रहेको जनाउँदै उहाँले दुवै प्राकृतिक कारणले मरेको बताउनुभयो । गत आर्थिक वर्षमा प्राकृतिक कारण र चोरी र शिकारले निकुञ्जमा ३२ र अघिल्लो आवमा प्राकृतिक कारणले २६ गँैंडा मरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर