भिडियो सम्पादनको विशेष सम्मान सम्पादक बिष्णु खड्कालाई — OSNepal

भिडियो सम्पादनको विशेष सम्मान सम्पादक बिष्णु खड्कालाई

Bibek Karki July 08, 2023 0

काठमाडौँ। असार २२ गते राष्ट्रिय नाचघर जमलमा बिभिन्न क्षेत्रका स्रष्टा कलाकारहरुलाई गरेको विशेष सम्मान कार्यक्रममा भिडियो सम्पादनको विशेष सम्मान सम्पादक बिष्णु खड्का लाई गरेको छ । कार्यक्रमको प्रमुख अतिथि पुर्व उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका उपसभापति गोपालमान श्रेष्ठ, विशिष्ट अतिथि सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरिक्षक चन्द्र प्रसाद गौतम,वरिष्ठ गीतकार मीन सागर लामा, वरिष्ठ गीतकार शंकर अधिकारी घायाल,वरिष्ठ कलाकार यादव बैरागी लगायतको हात बाट खड्कालाई सम्मान गरिएको थियो।

बिगत डेढ दशक देखि नेपाली गीत संगीत तथा मनोरंजनको क्षेत्रमा सक्रिय बिष्णु खड्का सोलुखुम्बुको भकान्जे गाबिस हालको लिखेपिके गाउपलिका सगरडाँडामा जन्मिएका हुन् । सानै देखि कला क्षेत्रमा रुचि राख्ने खड्का हाल सम्म उनले पछिल्लो समयको चर्चित गीत जेल पनि सहुँला,रुमालै चिनो धोई धोई,पानिको फोका जस्तै २ तिमि आउन सक्छौ,शिरफुल मेरी इज्जु लगायत १००० भन्दा बढी म्युजिक भिडियोको सम्पादन र कलर र पोस्टरको काम गरि सकेका छन् ।

तिन वटा ठुलो पर्दाको चलचित्रको समेत सम्पादन गरि सकेता पनि उनले सम्पादन गरेको पछिल्लो समयको बहु चर्चित गीत जेल पनि सहुँलाले उनलाई यो क्षेत्रमा रातारात चर्चा दिनुको साथै अति ब्यस्त पनि बनायो,त्यस गीत बाहेक उनले भिडियो सम्पादन गरेका गरेका गीतहरु, पानीको फोका २,हिमाली भेगमा, जुन र तारा, को छ र मेरो,हाँसेकै छैन बिस्तारै बिस्तारै तिमि मेरी,तिम्ले बुझेनौ जस्ता गीतहरुको भिडियो उनले सम्पादन गरि, भिडियो सम्पादनको दुनियामा छुट्टै पहिचान बनाउन सफल भएका छन्,सम्पादक बिष्णु खड्का ।

सुपा देउराली म्युजिक प्रा.लि.ले आयोजना गरेको उक्त कार्यक्रममा विशिष्ट गायिका ज्ञानु राण लगायतलाई पनि विशेष सम्मान पत्रले सम्मानित गरिएको थियो । ज्ञानु राणा विशिष्ट गायिका, मोहन कार्की पत्राकार, बिष्णु खत्री वरिष्ट लोक गायक, बिष्णु खड्का सम्पादक , निरेन श्रेष्ठ निर्देशक, रामचन्द्र काफ्ले वरिष्ट गायक, आङतेम्बा शेर्पा हिमाल पर्वतारोही, डिका गुरुङ ध्यानि सम्पादक, जुनु रिजाल गायिका, टिका बम्जन संगीतकार, लगाएत बिभिन्न क्षेत्रका २ दर्जन स्रष्टा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर