प्रधानमन्त्री देउवाबाट खोप केन्द्रलाई व्यवस्थित बनाउन निर्देशन — OSNepal

प्रधानमन्त्री देउवाबाट खोप केन्द्रलाई व्यवस्थित बनाउन निर्देशन

LC (KTM) July 19, 2021 0

काठमाडौँ ४ साउन । प्रधानमन्त्री शेरबादुर देउवाले आज उपत्यकाका विभिन्न अस्पताहरुमा रहेको कोभिड १९ को खोप केन्द्रको अनुगमन गरेका छन् ।

पार्टीको सभापति समेत रहेका देउवाले आज अर्थोपेडिक अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगंज, वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुशीमा संचालल गरेको खोप केन्द्र र ललितपुर महानगरपालिकाले संचालन गरेको कुपण्डोल खोप केन्द्रको अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा प्रधामन्त्री देउवाले खोप केन्द्रलाई व्यवस्थित बनाउन निर्देशन समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर