एजेन्सी- फिल्म रक्कीबाट बलिउडमा डेब्यु गरेका चर्चित अभिनेता सञ्जय दत्त २९ जुलाई १९५९मा अभिनेता सुनील दत्त र अभिनेत्री नर्गिसका छोराका रूपमा मुम्बईमा जन्मिएका हुन् । सञ्जयले बलिउडमा बालकलाकारका रूपमा पाइला राखेका थिए । १९७२मा बनेको रेस्मा और सेरा फिल्ममा बालकलाकार भई अभिनय गरेका उनले ३१ वर्षको फिल्मी करिअरमा उनले थुप्रै हिट फिल्ममा अभिनय गरेका हुन् ।
धेरै फिल्ममा अभिनय गरेर दर्शकको मन जित्न सफल भएका उनले मान्यता संँग विवाह गरेका हुन् । यस भन्दा पहिले पनि मान्यताले पहिले मिराज उर रहमान शेखसगँ विवाह गरेकी थिइन् । शेखले उनलाई सुख नदिएको भन्दै फेरी उनले दोस्रो विवाह सञ्जय दत्त सगँ गरीन् तर सञ्जय र मान्यताको विवाह हुदाँ उनीहरु दुई बीचको सम्बन्ध बिच्छेद भएको भने थिएन । यहि कारणले गर्दा सञ्जय र मान्यताको विवाह अबैध मानिदै गयो ।