काठमाडौं -समाजसेवी विष्णु केसी खत्रीले गैर आवासीय नेपाली संघ अमेरिकाको पश्चिम क्षेत्रीय अध्यक्षमा आफ्नो उमेदवारी दर्ता गराएका छन् । एनआरएनए अभियानलाई नयाँ उचाईमा लैजानका लागी अहोरात्र खटेका खत्रीले पश्चिम क्षेत्रीय अध्यक्षमा उमेदवारी दर्ता गराएका हुन् ।
केसीले NRNA NCC USA CA Chapter देखि केन्द्रिय सम्म बिभिन्न पदमा काम गर्दै आएका छन् । संस्था र समाज प्रति उत्तरदायी भुमिका निभाउदै आएका उनले आजको दिनमापनि सहमती सहकार्य र एकता गर्दै सवल नेतृत्व बनाएर लैजान आफू सधै प्रतिबद्ध भएको बताए ।
उनले अमेरिकाको NRNA को आपसी एकता र सद्भावलाई बचाई राख्न समर्पित भएको र भइराख्ने समेत बताएका छन् । निडर क्षमतावान र स्वाभिमानि व्यक्तिको परिचय बनाएका सामाजसेवीकेसीको जन्म भने ओखलढुंगाको क्यानम गाउँपालिकामा भएको हो । दिलो ज्यानले खट्ने प्रतिवद्वता जनाउदै उम्मदेबारी दर्ता गराएका केसीले अमेरिकामा रहनु भएका सम्पूर्ण नेपाली भाषीहरुको हकहितमा काम गर्ने तिव्र ईच्छा र आकांक्षा व्यक्त समेत गरेका छन् ।
गैर आवासिय नेपाली संघ अमेरीकाको पश्चिम क्षेत्र जस अन्तर्गत अमेरीकाको पश्चिम क्षेत्रका १३ वटा राज्यहरु पर्दछन्, यसै यसै West Coast Region को Regional Committee Chair (RCC) को अध्यक्ष पदको उम्मेदवारको रुपमा आफ्नो उम्मेदवारी दिएको ओएस नेपाललाई बताए । उनले यही जुलाई २२ र २३ मा हुने मतदानमा अमेरिकाको पश्चिम क्षेत्रमा बसोवास गर्नुहुने गैर आवासिय नेपाली संघ अमेरीकाका सम्पूर्ण पन्जिकृत सदस्यहरुले मलाई अत्यधिक मतदान गरी निर्वाचित गराउनुहुन हार्दिक अपिल समेत गरेका छन् ।