एकाबिहानै दुई बस एकापसमा ठोक्किदा ७ को मृत्यु, १० घाइते — OSNepal

एकाबिहानै दुई बस एकापसमा ठोक्किदा ७ को मृत्यु, १० घाइते

LC (KTM) July 19, 2021 0

नयाँ दिल्ली ४ साउन -भारतको उत्तर प्रदेशमा सोमबार बिहानै भएको सडक दुर्घटनामा परी सात जनाको ज्या न गएको छ । उत्तर प्रदेशको प्रहरीले सोमबार बिहानै भएको सो दुर्घटनका कारण सात जनाको ज्यान गएको र अरु १० जना घाइते भएका बताएको छ ।

भारतीय उत्तर प्रदेश राज्यको साम्बाल क्षेत्रमा सो दुर्घटना भएको थियो । विपरीत दिशाबाट आइरहेका बस एक आपसमा जुध्दा सो दुर्घटना हुन पुगेको थियो । आपसमा ठोकिएकामध्येको एक बस विवाह समारोहमा पुगेर फर्किएको थियो । सोही बसमा रहेका ७ जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।(रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर