सडकबाट ७० मिटर तल डोरजर खस्दा ३७ वर्षीय रामबहादुरको मृत्यु,दुई जना घाइते, फरार चालकको खोजी गर्दै प्रहरी — OSNepal

सडकबाट ७० मिटर तल डोरजर खस्दा ३७ वर्षीय रामबहादुरको मृत्यु,दुई जना घाइते, फरार चालकको खोजी गर्दै प्रहरी

LC (KTM) July 19, 2021 0

अछामको मङ्गलसेन नगरपालिका–१४ कालागाउँमा डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा ढकारी गाउँपालिका–२ का ३७ वर्षीय रामबहादुर साउद रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेको जिल्ला अस्पताल मङ्गलसेनमा उपचार भइरहेको छ । ठाँटीबाट खाँटतर्फ गइरहेको उक्त डोजर आज कालागाउँको सडकबाट कम्तीमा ७० मिटर तल खसेको प्रहरीले जनाएको छ । फरार चालकको खोजी भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर