काठमाडौं । सुन्दरी नायिका जाहन्वी बस्नेतले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छिन् । सोमबार राजधानीमा सम्पन्न डि सिने अवार्डको १३ र १४ औं श्रृङ्खलाको कार्यक्रममा नायिका बस्नेतले सर्वोत्कृष्ट अवार्ड प्राप्त गरेकी हुन् ।
उनीसँगै विभिन्न नायिकाहरु अवार्डको नोमिनेशनमा परेको भए पनि प्रतिस्पर्धी अन्य नायिकाहरुलाई पछि पार्दै उनले लक्ष्मीपूजा नामक चलचित्रबाट अवार्ड हात पार्न सफल भइन् । नेपाली सिने उद्योगमा भद्र एवम् वौद्धिक नायिकाको छवि बनाएकी उनलाई चु्जी नायिकाको रुपमा समेत चिनिन्छ ।
छायाँछवि क्रियसनको आयोजनामा हुने डि सिने अवार्डमा यसपटक निर्णायक कमिटीको संयोजकमा मोहन निरौला रहेका थिए भने राजेन्द्र उप्रेती, सन्तोष श्रेष्ठ र सोविता सिंखडा सदस्य रहेका थिए । आयोजक कमिटीका अध्यक्ष भने शान्तिप्रिय हुन् । पारिवारिक रगतमै चलचित्र लिएर जन्मिएकी जाहान्वी चर्चित निर्माता, निर्देशक तथा लोकप्रिय नायक जयकिशन बस्नेतकी छोरी हुन् । यद्यपी हाल भने उनले आफ्नो कुसल अभिनय र नृत्य क्षमता प्रस्तुत गरेर परिचय स्थापित गरिसकेकी छिन् ।
नेपाली चलचित्र क्षेत्रमा उनको आफ्नै पहिचान स्थापित भएको छ । उनले पञ्चायत, सुब्बा साप, हिरो नं। १, धूम ४, यात्रा, चोर पुलिस र लक्ष्मी पूजा नामक चलचित्रहरुमा अभिनय गरेकी छिन् भने हाल ब्ल्याक छायाँको छायाँकन भइरहेको छ । उनले सर्वोत्कृष्ट नायिकाको अवार्ड पाएको चलचित्र लक्ष्मी पूजा सलोन–सलिना फिल्मस् प्रा।लि।को ब्यानरमा निर्मााण भएको हो ।
यस चलचित्रमा जाहान्वीले दोहोरो भुमिका निर्वाह गरेकी छिन् । जयकिशन बस्नेत, निर शाह तथा अस्मिता जुरेली लगायतका कलाकारहरुले अभिनय गरेको चलचित्रको निर्देशन समिर मियाँले गरेका हुन् ।