प्रधानमन्त्री देउवालाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दिए बधाइ — OSNepal

प्रधानमन्त्री देउवालाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दिए बधाइ

LC (KTM) July 19, 2021 0

काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवालाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई दिनुभएको छ । उनले सोमबार सामाजिक संजाल ट्विटर मार्फत बधाइ दिएका हुन् ।

खानले ट्वीटरमार्फत बधाई दिँदै आफूले नेपालसँगको सौहार्दपूर्ण सम्बन्धलाई थप सुदृढ गर्न चाहेको बताएका छन् । त्यस्तै उनले चासोका विषयहरुमा नेपालसँग नजिक रहेर मिलेर काम गर्न चाहेको पनि बताएका छन् ।

देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत पाएपछि खानले बधाई दिएका हुन् । यस अघि प्रतिनिधि सभाबाट विश्वासको मत पाएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बधाइ दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर