ओलीका खास मान्छे प्रदिपले के भने त्यस्तो ? र बाबुराम - प्रचण्डको दुख्यो चित्त ? — OSNepal

ओलीका खास मान्छे प्रदिपले के भने त्यस्तो ? र बाबुराम – प्रचण्डको दुख्यो चित्त ?

LC (KTM) July 19, 2021 0

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने प्रयोजनका लागि आइतबार दोस्रो पटक बसेको प्रतिधिसभाको बैठकको शुरुमै दलीय प्रतिनिधिका रुपमा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले आफ्ना भनाइ राखेका थिए । आफ्नो सम्बोधनका क्रममा ज्ञवालीको माओवादी लक्षित एउटा टिप्पणीले माओवादी र पूर्व माओवादीहरुको चित्त भेदन गरेको पाइएको छ ।

माओवादी सशस्त्र जनयु-द्धसँगै हाँकेका तर पछिल्लो समय छुट्टिएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराईले यसको संयुक्त प्रतिवाद गरे । संविधान निर्माण यताका मुद्दामा प्रचण्ड–बाबुराम अलग भए पनि माओवादी जनयु-द्धको प्रतिरक्षा गर्ने मामिलामा एकै ठाउँमा देखिए । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

देउवाको प्रस्तावमाथि प्रतिनिधिसभामा भएको छलफलमा ज्ञवालीले ‘यु-द्ध जित्न नसकेर हारेर आएर लोकतन्त्र मानेका होइनौं’ भन्दै माओवादीप्रति व्यंग्य कसे । यसले आफ्नो चित्त दुःखेको भन्दै प्रचण्डले त्यसको प्रतिवाद गरे । यसले आफू र र शान्ति सम्झौताका सहयात्री सबैलाई चित्त दुख्ने कुरा भएको भन्दै ज्ञवाली लक्षित भनाइ राखे ।

उनले भने, ‘तपाईं एमालेको ती नै नेतामध्ये होइन, जो माओवादी आन्दोलनका नेताहरुसँग संविधानसभा गणतन्त्रमा सहमति गरौं भन्ने तपाईंहरु नै होइन ? तपाईं पनि हुनुहुन्थ्यो नि एकचोटि यु-द्धमा । टाउको काट्नेमा तपाईं हुनुहुन्नथ्यो र ?’

प्रचण्डले एमाले नेता ज्ञवालीर्ला शान्ति सम्झौता गलत थियो भन्न खोजेको हो भनेर प्रश्न पनि गरे । ‘हामीले हारेको, तपाईंहरुले जितेको हो ? यसले नेपालको शान्ति प्रक्रियालाई दिगो बनाउँछ ?’ उनले एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै माओवादी आन्दोलन विभाजित भएको छ, यसलाई मिचिदिए हुन्छ भन्ने ठानेको भए हलुका नसोच्न आग्रह गरे । उनले माओवादीलाई आगोसँग तुलना गर्दे नखेल्न पनि चेतावनी दिए । प्रचण्डले भने, ‘आगोसँग खेल्ने कुरा राम्रो होइन, कति राम्रोसँग यो आगोलाई इनर्जीमा रुपान्तरणतिर ल्याइएको छ । यसलाई हेप्न थाल्नुभयो भने आगो फेरि सल्किनसक्छ । त्यो बुद्धितिर कोही पनि नजाऔं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर