एमाले केन्द्रीय कमिटी बैठक बस्दै, ‘एकतर्फी रूपमा बोलाइएको भन्दै नेपाल समूह नजाने — OSNepal

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, ‘एकतर्फी रूपमा बोलाइएको भन्दै नेपाल समूह नजाने

LC (KTM) July 19, 2021 0

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ। बैठकमा नेपाल समूह नजाने भएको छ । च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्न लागेको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताए । आन्तरिक विवाद चुलिएको र विवाद समाधान कार्यदलले तयार पारेको सहमतिको प्रस्ताव नै सर्वस्वीकार्य नभएका बेला अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका हुन्।

‘एकतर्फी रूपमा बोलाइएको आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह नजाने बताएको छ । नेकपा एमालेको संसदीय दलमा सांसदहरू प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा विभाजित भएका थिए। एमालेका १२१ सांसदमध्ये केहीले पक्षमा मत दिएका थिए, केहीले विपक्षमा मत हालेका थिए भने केही मतदान प्रक्रियामा नै सहभागी भएका थिएनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर