माधव नेपालमाथि लगाए ईश्वर पोखरेलले खलनायकको आरोप ! — OSNepal

माधव नेपालमाथि लगाए ईश्वर पोखरेलले खलनायकको आरोप !

LC (KTM) July 19, 2021 0

काठमाडौं- एमाले महासचिव ईश्वर पोखरेलले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई खलनायक र विदूषकको संज्ञा दिएका छन् । उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै यस्तो संज्ञा दिएका हुन् । आइतबार नेपाल पक्षका १३ र ओली पक्षका ९ सांसदले देउवालाई विश्वासको मत दिएका थिए ।

यस्तै नेपाल पक्षकै १३ सांसदले देयवाको विपक्षमा मत दिनुपर्ने पार्टी निर्देशन अवज्ञा गर्दै प्रक्रिया बहिस्कार गरेका थिए ।उनको संकेत प्रधानमन्त्रीमा शेरबहादुर देउवाका पक्षमा एमालेका २२ सांसदले विश्वासको मत दिएको तर्फ थियो ।

पोखरेलले लेखका छन् ‘केही पात्रहरूद्वारा केही समयदेखि जारी अराजनैतिकरअनैतिक भद्दा नाटकको एउटा खण्ड पटाक्षेप भएको छ । पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कलाकारका रूपमा बाहिर देखापरेका खलनायक र विदूषकबारे भ्रममा नपरौं । सबैले राम्ररी चिनौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर