अत्यधिक बर्षाका कारण आएको बाढीले घर भत्काउँदा २५ जनाको मृत्यु — OSNepal

अत्यधिक बर्षाका कारण आएको बाढीले घर भत्काउँदा २५ जनाको मृत्यु

LC (KTM) July 19, 2021 0

एजेन्सी- भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीमा पसेपछि २५ जनाले ज्यान गुमाएका हुन् ।

मुम्बईमा बाढीले ठूलो आर्थिक क्षतिसमेत भएको समाचारमा जनाइएको छ । बाढीले भत्किएको घरको पर्खालले मात्रै च्यापेर १७ जनाको मृत्यु भएको घटनास्थलमा पुगेका उद्धारकर्ताहरूले जानकारी दिएका छन् । मुम्बईको माहुल क्षेत्रमा स्थानीय समय अनुसार आइतबार दिउँसो १ बजे घटना भएको हो ।

घटनामा अरु सात जना घाइते भएका छन् । बाढीले रेल सेवालगायतका यातायात सेवासमेत अवरुद्ध हुँदा हजारौँ मानिस अलपत्र परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर