मुम्बईका बस्तीहरुमा बाढी पसेपछि घर भत्किँदा २५ जनाको मृत्यु, मच्चियो भागदौड — OSNepal

मुम्बईका बस्तीहरुमा बाढी पसेपछि घर भत्किँदा २५ जनाको मृत्यु, मच्चियो भागदौड

LC (KTM) July 19, 2021 0

काठमाडौँ । केहीदिनदेखिको अविरल वर्षाका कारण भारतको मुम्बईमा बाढीले घर भत्काउँदा मृत्यु हुनेको संख्या २५ पुगेको छ । आइतबार दिउँसो १ बजेपछि आएको भिषण बाढीका कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । बाढीले भत्किएको घरको पर्खालले मात्रै च्यापेर १७ जनाको मृत्यु भएको र अन्यलाई बाढीले बगाएको बताइएको छ ।

अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा पसेपछि भागदौड मच्चिएको थियो । अन्य बेपत्ताको खोजीकार्य भइरहेको छ भने घाइतेको उद्धार गरेर उपचार सुरु गरिएको छ । बाढीले धेरै भौतिक संरचनामा क्षति पुर्‍याएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर