बल्ल दिए भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवालाई बधाई ! — OSNepal

बल्ल दिए भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवालाई बधाई !

LC (KTM) July 19, 2021 0

काठमाडौं -भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बल्ल ढिलो गरी बधाइ दिएका छन् । मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिएका हुन् ।प्रतिनिधि सभाबाट विश्वासको मत पाउनेवित्तिकै मोदीले देउवालाई बधाई दिएका हुन् ।

मोदीले प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । देउवाको कार्यकालमा द्विपक्षीय सम्बन्ध अझ गहिरो हुने पनि विश्वास पनि उनले व्यक्त गरेका छन् । यसअघि, प्रधानमन्त्री नियुक्त भएपछि देउवालाई भेटेर बधाई दिन भारतीय राजदूत विनयमोहन क्वात्रा देउवा निवास नै पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर