विष्णुमती कोरिडोरबाट मृ त रेडपान्डासहित दुई जना पक्राउ — OSNepal

विष्णुमती कोरिडोरबाट मृ त रेडपान्डासहित दुई जना पक्राउ

LC (KTM) July 19, 2021 0

काठमाडौँ- काठमाडौँ महानगरपालिका–१५ स्थित विष्णुमती कोरिडोरबाट मृ त रेडपान्डासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप दोरम्बा घर भई काठमाडौँ बस्ने उमेश विसुन्के र दोलखा तामाकोसी घर भई काठमाडौँको गौशाला बस्ने अर्जुन मगराति रहेका छन् । उनीहरूका साथबाट मृतावस्थामा रहेको दुई रेडपान्डा बरामद गरिएको प्रहरीले जनाएको छ ।

रेडपान्डाको छाला बिक्री गर्न लागेको भन्ने सूचनाका आधारमा खोजतलास गर्दा झोलाभित्र लुकाईछिपाईकन राखेको अवस्थामा मृत रेडपान्डा फेला परेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो । पान्डाको पेटको अङ्ग झिकिएको र बाहिरी छालाको भाग सुकाइएको अवस्थामा फेला पारिएको परिसरले आज एक सूचना जारी गरी जनाएको छ ।

यसैबीच गएराति महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले नागार्जुन नगरपालिका–४ बाट चोरिएका पाँचवटा मोबाइलसहित दुई जनालाई पक्राउ गरेको छ । शङ्कास्पद अवस्थामा हिँडिरहेका उनीहरुमाथि जाँच गर्दा उक्त मोबाइल फेला परेको हो । उनीहरू यसअघि पनि मोबाइल चोरीमा संलग्न भएको खुल्न आएको छ । पक्राउ पर्नेमा मकवानपुरका राजेश गोपाली र कैलालीको दीपक नेगी रहेका छन् । दुवै घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको परिसरले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर