सिनोफार्म कम्पनीद्वारा उत्पादित कोरोना विरूद्धको खोप बंगलादेश पुग्यो — OSNepal

सिनोफार्म कम्पनीद्वारा उत्पादित कोरोना विरूद्धको खोप बंगलादेश पुग्यो

LC (KTM) July 18, 2021 0

ढाका, ३ साउन – बंगलादेशले चीनको सिनोफार्म कम्पनीद्वारा विकशित तथा उत्पादित कोभिड–१९ विरूद्धका खोपको थप सङ्ख्याहरूलाई भित्राएको आइतबार जानकारी गराएको छ । देशको स्वास्थ्य र परिवार कल्याण मन्त्रालयको एक विवरणका अनुसार चिनियाँ सिनोफर्म खोपको एक चरण शनिबार बिहान ११ः०० बजे ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो भने अर्को एक चरण स्थानीय समय अनुसार आइतबार बिहान ३ः०० बजेतिर आइपुगेको हो ।वाणिज्य सम्झौताको एक हिस्साको रूपमा बंगलादेशले यस अघि दुइ पटकसम्म सिनोफार्म खोप प्राप्त गरिसकेको छ ।

भारतमा कोभिड सङ्क्रमणको अत्यधिक समस्या देखिएको कारण स्वदेशमा नै आपूर्तिमा कमी आउँदा निर्यातलाई रोक लगाएपछि बंगलादेशले भारतबाट ल्याउने भनेको खोप उपलब्ध हुन सकेको थिएन । बंगलादेशलगायत एशियाली मुलुकहरूमा भारतबाट खोप आपूर्ति हुन नसकेपछि ती मुलुकहरूले खोप अभियानका लागि बनाएको योजना नै प्रभाबित भएको थियो ।

भारतबाट खोप उपलब्ध नभइरहेका समय बंगलादेशको औषधि नियामक संस्थाले चीनको सिनोफार्म खोपको आपतकालीन प्रयोगको लागि अधिकार दिएको थियो । त्यसपछि गत महिना बंगलादेशले एउटा महत्वपूर्ण घडीमा चीनले सिनोफार्म खोप सहयोग गरेको कारण बंगलादेशका केही भागमा पहिलो पटक कोभिड–१९ खोपको लगाउने व्यवस्था भएको हो ।

स्वास्थ्य सेवा महानिर्देशालय (डिजीएचएस) को शनिवार जारी एक विज्ञप्तिमा बंगलादेशका करिब ४३ लाख मानिसहरूलाई दुवै मात्रा खोप लगाइएको छ । बंगलादेशमा शनिबार आठ हजार ४८९ नयाँ सङ्क्रमित भएका छन् भने २०४ बढीको मृत्यु भएको छ । अहिलेसम्म बंगलादेशमा १० लाख ९२ हजार ४११ सङ्क्रमित बनेका छन् भने १७ ६६९ जनाको मृत्यु भएको महानिर्देशनालयले जानकारी गराएको छ ।(रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर