अत्यधिक बर्षाका कारण बस्तीमा पसेको बाढीले घर भत्काउँदा २५ जनाको मृ त्यु — OSNepal

अत्यधिक बर्षाका कारण बस्तीमा पसेको बाढीले घर भत्काउँदा २५ जनाको मृ त्यु

LC (KTM) July 18, 2021 0

मुम्बई, ३ साउन – भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृ त्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा पसेको थियो । बाढीले धेरै भौतिक संरचनामा क्षति पु¥याएको छ । भारतको आर्थिक राजधानी मानिने मुम्बईमा बाढीका कारण ठूलो आर्थिक क्षतिसमेत भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

बाढीले रेल सेवालगायतका यातायात सेवा समेत अवरुद्ध हुँदा हजाराँै मानिस अलपत्र परेको पाइएको छ । बाढीका कारण भत्किएको घरको पर्खालले मात्रै च्यापेर १७ जनाको मृ त्यु भएको घटनास्थलमा पुगेका उद्धारकर्ताहरूले जानकारी दिएका छन् । अरूको अन्य ठाउँमा मृ त्यु भएको हो ।

मुम्बइको माहुल क्षेत्रमा स्थानीय समय अनुसार आइतबार दिउसो १ बजे घटना भएको हो । घटनामा परी अरु सात जना घाइते समेत भएका छन् । उनीहरुको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।(रासस÷पीटीआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर