मेलम्ची प्रभावितलाई सीएसआरसीको खाद्य भौचर वितरण — OSNepal

मेलम्ची प्रभावितलाई सीएसआरसीको खाद्य भौचर वितरण

LC (KTM) July 18, 2021 0

काठमाडौँ, ३ साउन – बाढी पहिरो विपद् प्रतिकार्य कार्यक्रमअन्तर्गत मेलम्ची नगरपालिकाको व्यवस्थापनमा बाढी तथा पहिरो प्रभावित परिवारलाई आपत्कालीन सामग्रीको खाद्य भौचर सहयोग गरिएको छ । केएर नेपाल, पिपुल इन निड, सामुदायिक आत्मनिर्भता केन्द्रको सहयोगमा सो भौचर वितरण गरिएको हो । इन्द्रेश्वरी माविमा भएको कार्यक्रममा रु पाँच हजार ५०० बराबरको खाद्य भौचर वितरण गरिएको हो । सो रकमले जिरा मसिनो चामल, आयोडिन नुन, चना, मासको दाल, मुसुरोको दाल, तोरिको तेल, चिउरा र चिनीलगायत खाद्य सामग्री खरिद गर्नुपर्ने छ । यी सामानमध्ये आफूलाई अति आवश्यक परेको कुनै सामग्री भए मात्रा घटबढ गरेर किन्न पाइने सामुदायिक आत्मनिर्भता केन्द्रका सहजकर्ता भूपेन्द्र थापाले जानकारी दिनुभयो ।

आज दनुवार बस्ती र अन्य समुदायका २४ घरधुरीलाई नगरपालिकाका उपप्रमुख भगवती नेपालको उपस्थितिमा भौचर वितरण गरिएको होे । बाँकी १५६ घरधुरीलाई क्रमशः वितरण गरिने थापाले जानकारी दिनुभयो । त्यस्तै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरीलाई पोषणयुक्त खानाका लागि रु चार हजार ५०० बराबरको खाद्य भौचर वितरण गरिने केन्द्रका कार्यकारी निर्देशक जगत बस्नेतले जानकारी दिनुभयो । हेलम्बु गाउँपालिकाका ३० र मेलम्चीका २५ घरधुरीलाई पोषण भौचर वितरण गरिने बस्नेतले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर